जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार १६:५०
जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

ADVERTISEMENT

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको थियो। सोही बमोजिम संसदीय दलको बैठकबाट आज समर्थन फिर्ताको औपचारिक निर्णय गरिएको बस्नेतले बताए।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १६:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !