जसपा नेपालका सांसद कुशवाहाको घरमा अख्तियारको छापा,स्वकीय सचिव नियन्त्रणमा

जसपा नेपालका सांसद कुशवाहाको घरमा अख्तियारको छापा,स्वकीय सचिव नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार २१:३४
जसपा नेपालका सांसद कुशवाहाको घरमा अख्तियारको छापा,स्वकीय सचिव नियन्त्रणमा

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद कुशवाहाको घरमा छापा मार्ने क्रममा अख्तियारको टोलीले उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

अख्तियार स्रोतका अनुसार छापाको क्रममा विभिन्न योजनासम्बन्धी कागजातहरू पनि नियन्त्रणमा लिइएको छ। स्रोतका अनुसार प्रदेश सरकारबाट सांसद कुशवाहाको भागमा परेका योजनाहरू बिक्री गरिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको हो।

कायस्थ नियन्त्रणमा परे पनि सांसद कुशवाहा भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतको दाबी छ।

कुशवाहा मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार २१:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !