फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने
मधेशपत्र मधेशपत्र २०८३ मंसिर २, बुधबार १०:५४
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै, राष्ट्रपति पौडेल सहभागी हुने

हेटौँडा : तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङमार्गको आज ब्रेक थ्रु गरिने भएको छ । सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान साढे ९ बजे महादेवटार पुग्ने कार्यक्रम रहेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ लाई जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये आज ३.४४५ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गर्न लागिएको हो ।

ADVERTISEMENT

यसअघि सोही स्थानमा निर्माण भइरहेको अर्को ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु भइसकेको छ ।

फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन अवस्थामा छन् । नेपाली सेनाले आयोजना निर्माणलाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाइरहेको छ । तीमध्ये प्याकेज १ देखि १० सम्मका विभिन्न उपप्याकेजमा निर्माण तथा कार्यान्वयनका काम भइरहेका छन् ।

प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार १०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !