दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
मधेशपत्र मधेशपत्र २०८३ मंसिर २, बुधबार १०:४४
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।

कार्कीको रिट निवेदन न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ ।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गर्दै नयाँ प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो ।

ADVERTISEMENT

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारको मिति तोकेको हो ।

प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार १०:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !