बलान खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामद

बलान खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामद
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १९:४३
बलान खोलामा खाल्डो खनेर लुकाएको २३१ किलो गाँजा बरामद

राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो। सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले गए राति करिब १ बजे खोजतलास गरेको थियो।

ADVERTISEMENT

त्यस क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा भने कोही पनि व्यक्ति फेला परेनन्।

बरामद पदार्थको विषयमा थप अनुसन्धान भइरहेको छ। सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी हुने गरेको बताए।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १९:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !