एनपीएल : टस जितेर पोखरा एभेन्जर्स ब्याटिङमा

एनपीएल : टस जितेर पोखरा एभेन्जर्स ब्याटिङमा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १३:११
एनपीएल : टस जितेर पोखरा एभेन्जर्स ब्याटिङमा

काठमाडौं: राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

ADVERTISEMENT

५ खेलबाट ४ अंक जोडेको विराटनगर किङ्ग्सका लागि प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। विराटनगरले आजको खेल जिते प्लेअफ यात्रालाई थप बलियो बनाउन सक्छ।

यता, ५ खेलमध्ये एक खेल मात्रै जितेको पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना लगभग समाप्त भएको छ। पोखरा आज जित निकाल्दै प्रतियोगितामा आफ्नो प्रतिष्ठा जोगाउने लक्ष्यमा मैदान उत्रिएको छ।

एनपीएलअन्तर्गत आजै साँझ ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १३:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !