जलवायु परिवर्तन साझा चुनौती, क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तन साझा चुनौती, क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २६, बिहीबार १३:०६
जलवायु परिवर्तन साझा चुनौती, क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए): परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा विश्वकै साझा चुनौती भएको बताउँदै यसको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्।

टर्किए को अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

ADVERTISEMENT

नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै मन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रको संरक्षण तथा सुदृढीकरणमा विशेष जोड दिए।

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका प्रभावले कुनै सीमा नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता मजबुत बनाउनुपर्ने बताए।

उनले पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको सामूहिक हित संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहीबार १३:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !