एनपीएल–३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

एनपीएल–३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ११, मंगलवार १३:४६
एनपीएल–३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ओपनर डाविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्।

ADVERTISEMENT

आक्रामक ब्याटिङ गरेका मलानले ५१ बलमा ७० रन बनाएर आउट भए। उनको उत्कृष्ट ब्याटिङले चितवनको इनिङ्सलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

यससँगै मलान एनपीएल–३ मा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलवार १३:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !