एनपीएलको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० देखि १ हजार रुपैयाँसम्म

एनपीएलको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० देखि १ हजार रुपैयाँसम्म
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:२६
एनपीएलको टिकट मूल्य सार्वजनिक, लिग चरणमा ५०० देखि १ हजार रुपैयाँसम्म

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणदेखि फाइनलसम्मका खेलका लागि साधारण र प्रिमियमतर्फको टिकट दर निर्धारण गरेको हो।

क्यानका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ।

ADVERTISEMENT

त्यस्तै, प्रतियोगिताको नकआउट चरणअन्तर्गत एलिमिनेटर, क्वालिफायर तथा फाइनल खेलका लागि टिकटको मूल्य बढाइएको छ। यी खेलमा साधारणतर्फको टिकट १ हजार रुपैयाँ र प्रिमियमतर्फको टिकट २ हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताका आधिकारिक टिकट डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

एनपीएलको तेस्रो संस्करणका खेल हेर्न चाहने दर्शकले तोकिएको मूल्यमा टिकट खरिद गरी मैदानमै पुगेर प्रतियोगिताको आनन्द लिन सक्नेछन्।

टिकट मूल्य विवरण

  • लिग चरण: साधारण ५०० रुपैयाँ, प्रिमियम १,००० रुपैयाँ।
  • एलिमिनेटर, क्वालिफायर र फाइनल: साधारण १,००० रुपैयाँ, प्रिमियम २,००० रुपैयाँ।

#MadheshPatra #NPL #NepalPremierLeague

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !