जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ ‘होल्ड’

जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ ‘होल्ड’
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १५:१८
जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ ‘होल्ड’

काठमाडौं : जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ प्रक्रिया रोकिएको छ। थापाको स्थायी आवासीय अनुमति (पीआर) र उनकी श्रीमतीको पीआरसम्बन्धी विषयमा सांसदहरूले प्रश्न उठाएपछि सुनुवाइ समितिले थप प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो।

संसदीय सुनुवाइका क्रममा थापाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसपछि सांसदहरूले जापानको पीआर लिएको र उनकी श्रीमतीसँग पनि पीआर रहेको विषयमा प्रश्न गरेका थिए।

ADVERTISEMENT

जवाफमा प्रस्तावित राजदूत थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्ट पारे। जापानमा रहँदा नेपालसँगको सम्बन्ध बलियो बनाउन विभिन्न गतिविधिमा संलग्न भएको उल्लेख गर्दै उनले ढाकाटोपी लगाएर कार्यक्रम सञ्चालन गर्नेलगायतका काम गरेको बताएका थिए।

थापाको स्पष्टीकरणपछि सांसदहरू थप छलफलका लागि आन्तरिक बैठकमा जुटेका थिए। उनको जवाफबारे निष्कर्षमा पुगेर मात्रै बाँकी प्रक्रिया अघि बढाउने भन्दै समितिले उनलाई बाहिर राखेर छलफल गरेको थियो।

अन्ततः समितिले जापानका लागि प्रस्तावित राजदूत थापाको सुनुवाइ प्रक्रिया ‘होल्ड’ गर्दै साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार १५:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !