आईसीसी लिग २ : ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङमा नेपाल

आईसीसी लिग २ : ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङमा नेपाल
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २७, मंगलवार १२:१७
आईसीसी लिग २ : ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङमा नेपाल

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो। खेल बिहान ११ः१५ देखि सुरु हुँदै छ।

ADVERTISEMENT

ओमानविरुद्धको खेलमा यसअघिको टोलीबाट एक जना मात्रै परिवर्तन गरिएको छ। क्यानडाको टिममा रहेका गुल्सन झा बाहिरिँदा सन्दीप जोरालाई टोलीमा समेटिएको छ।

जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको थियो।

तालिकाको शीर्ष छमा रहेर आईसीसी एकदिवसीय मान्यता जोगाउन नेपाललाई लगातार जित आवश्यक छ।

अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन्।

आईसीसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छ मा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन्।

पुछारका दुई टिमले एकदिवसीय मान्यताका लागि विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ।

प्रकाशित मिति: २०८३ आश्विन २७, मंगलवार १२:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !