सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २८, बुधबार १३:४२
सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक शब्द प्रयोग गर्दै भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ बनिनियाँ बस्ने २० वर्षीय क्रिमिनल भन्ने राजु यादव छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमा विभिन्न व्यक्ति, समुदाय तथा संगठनलाई लक्षित गरी अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गर्ने, धम्की दिने किसिमका भिडियो तथा सामग्री पोस्ट गरेको आरोप छ।

प्रहरीले उनलाई असोज २७ गते राति करिब ११ बजे जनकपुर उपमहानगरपालिका–७ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउने, विभिन्न व्यक्ति तथा समुदायलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिने र आपत्तिजनक सामग्री पोस्ट गर्ने कार्यमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार १३:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !