एमालेका मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ आज

एमालेका मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ आज
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २६, सोमबार ०९:२१
एमालेका मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ आज

काठमाडौं : नेकपा (एमाले)का मनोनित १३ जना केन्द्रीय सदस्यको शपथ ग्रहण आज हुँदैछ।

सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम राखिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

ADVERTISEMENT

गएको शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।

एमालेको केन्द्रीय कमिटीमा मनोनित हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन्।

उनीहरूलाई आज अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउन लागेका हुन्।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार ०९:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !