गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २४, शनिबार ०६:५९
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

१५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार, सभापति निर्वाचित भएका थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन् । त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन् । जसमा कुल ५४ मत बदर भएको थियो ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार ०६:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !