कमला नगरपालिकाको मेयरमा २५ वर्षीय रबिन्द्र मण्डलको तयारी

कमला नगरपालिकाको मेयरमा २५ वर्षीय रबिन्द्र मण्डलको तयारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १९:३६
कमला नगरपालिकाको मेयरमा २५ वर्षीय रबिन्द्र मण्डलको तयारी

जनकपुरधाम : आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धनुषाको कमला नगरपालिकामा नगर प्रमुख पदका लागि २५ वर्षीय रबिन्द्र मण्डलले तयारी थालेका छन्।

कमला नगरपालिका–४ का निवासी मण्डलले आफूले ‘जेनजी पुस्ता’को प्रतिनिधित्व गर्दै नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारी सुरु गरेको बताएका छन्।

ADVERTISEMENT

उनका अनुसार पछिल्लो ८–१० वर्षदेखि निरन्तर युवाहरूका समस्या सुन्दै र उनीहरूसँग जोडिएर काम गर्दै आएका छन्। युवाहरूको समस्या समाधान, अवसर सिर्जना तथा स्थानीय स्तरमा युवाको सहभागिता बढाउन आफूले प्राथमिकता दिने उनले बताए।

मण्डलले आफ्नो क्षमताले भ्याएसम्म विपन्न, गरिब तथा अशक्त व्यक्तिहरूलाई सहयोग गर्दै आएको दाबीसमेत गरेका छन्। समाजमा पछाडि परेका वर्ग र समुदायका समस्या नजिकबाट बुझेको भन्दै उनले आगामी निर्वाचनमा युवाको नेतृत्व स्थापित गर्ने उद्देश्यले नगर प्रमुख पदमा तयारी थालेको बताए।

‘अबको स्थानीय नेतृत्वमा युवाको सहभागिता आवश्यक छ। युवाको समस्या बुझ्ने र त्यसको समाधानका लागि काम गर्ने नेतृत्व आवश्यक भएकाले मैले कमलाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारी थालेको हुँ,’ मण्डलले भने।

उनले निर्वाचनको तयारीसँगै नगरपालिकाका विभिन्न वडा र समुदायमा पुगेर स्थानीयका समस्या तथा अपेक्षा बुझ्ने कामलाई प्राथमिकता दिने बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १९:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !