कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना भागेर बाँचे

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना भागेर बाँचे
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १६, शुक्रबार १२:०१
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना भागेर बाँचे

जनकपुरधाम : कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना भागेर ज्यान जोगाउन सफल भएका छन्।

गौरीगंगा नगरपालिका–६, मोयास्थित भैरव महिला सामुदायिक वनमा शुक्रबार बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार चौधरीसहित तीन जना बिहान करिब ५ बजे सामुदायिक वनमा च्याउ टिप्न गएका थिए।

च्याउ टिप्ने क्रममा अचानक बाघले चौधरीमाथि आक्रमण गरेको थियो। बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीसँगै वनमा गएका अन्य दुई जना भने बाघबाट बच्न भागेर सुरक्षित स्थानमा पुगेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार १२:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !