राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ७, बुधबार ११:३७
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक तथा आर्थिक अवस्था, राष्ट्रिय चासोका विषयलगायतबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेपछि अर्थमन्त्री डा. वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार ११:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !