पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २६, शुक्रबार ११:३३
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगन्ज : प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई उनको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगन्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । अभियुक्तद्वयलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २६, शुक्रबार ११:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !