पिडरीया माई स्थानको अध्यक्षमा गौतम यादव सर्वसम्मत

पिडरीया माई स्थानको अध्यक्षमा गौतम यादव सर्वसम्मत
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २४, बुधबार ११:०४
पिडरीया माई स्थानको अध्यक्षमा गौतम यादव सर्वसम्मत

जनकपुरधाम : मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित पिडरीया माई स्थानको अध्यक्षमा गौतम यादव सर्वसम्मत चयन भएका छन्।

बुधबार पिडरीया माई स्थानको प्राङ्गणमा बसेको बैठकले यादवलाई अध्यक्षमा चयन गरेको हो। बैठकमा सहभागीहरूको सहमतिमा यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ।

ADVERTISEMENT

 

नवनिर्वाचित अध्यक्ष यादवले बाँकी कार्यसमिति पनि आपसी छलफल र सहमतिका आधारमा क्रमशः गठन गरिने बताए। पिडरीया माई स्थानको धार्मिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित गर्दै स्थानीय समुदायको सहभागिता बढाउने आफ्नो प्राथमिकता रहेको उनले बताए।

यादव जनकपुरधाममा युवामाझ परिचित युवा हुन्। उनलाई स्थानीयस्तरमा ‘बस’ भनेर समेत चिन्ने गरिन्छ। सामाजिक तथा युवा गतिविधिमा सक्रिय रहँदै आएका यादवले पिडरीया माई स्थानको संरक्षण, व्यवस्थापन तथा विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

स्थानीयवासीले पनि नयाँ नेतृत्वले पिडरीया माई स्थानको व्यवस्थापन र धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २४, बुधबार ११:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !