सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १९, शुक्रबार ०९:४५
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

काठमाडौँ : रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

ADVERTISEMENT

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार ०९:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !