रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १४:०६
रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले विपद्का बेला सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका हुन् । बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले लामिछानेले राजनीतिक तथा राष्ट्रिय सहमति कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिएको जानकारी दिए ।

ADVERTISEMENT

प्रवक्ता खरेलका अनुसार लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निकालिएका निष्कर्षबारे पनि सचिवालय बैठकलाई जानकारी गराएका थिए ।

‘खासगरी सर्वदलीय बैठकमा भएका छलफल र त्यसबाट निकालिएका निष्कर्षबारे पनि जानकारी गराउनुभयो,’ खरेलले भने, ‘सर्वदलीय बैठकमा जुन ऐक्यबद्धता व्यक्त गरिएको छ, त्यसका लागि सभापति लामिछानेले सबैलाई धन्यवाद दिनुभएको छ ।’

लामिछानेले विपद्को वर्तमान अवस्थामा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति र ऐक्यबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता खरेलले बताए ।

‘हाम्रो राजनीतिक र राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा जोड दिनुभएको छ,’ खरेलले लामिछानेको भनाइ उद्धृत गर्दै भने ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १४:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !