भोटेकोशी बाढी अपडेट: १२०४ शव फेला, ४२१६ सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट: १२०४ शव फेला, ४२१६ सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार २०:३१
भोटेकोशी बाढी अपडेट: १२०४ शव फेला, ४२१६ सम्पर्कविहीन

काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ। जसमा विभिन्न मानव अंगसहित १२०४ शव फेला परेको उल्लेख छ।

ADVERTISEMENT

रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका हुन्। फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिनमुनी परिएको छ।

अहिलेसम्म ९५ शव मात्रै आफन्तले बुझेका छन्

प्रहरीका अनुसार ५ सय बढी शव जमिनमा पुरिसकिएको छ। अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पुरा गरेर जमिनमा पुरिने छ।

बाढीमा परी बेपत्ताको संख्या ४ हजार २१६ रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार २०:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !