अस्पतालमा शवको चाप बढेपछि काठमाडौंमा व्यवस्थापनबारे छलफल

अस्पतालमा शवको चाप बढेपछि काठमाडौंमा व्यवस्थापनबारे छलफल
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १६, मंगलवार १३:१६
अस्पतालमा शवको चाप बढेपछि काठमाडौंमा व्यवस्थापनबारे छलफल

काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि शव व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ।

अस्पतालको क्षमताभन्दा बढी शव जम्मा भएपछि चितवनमा केही शवलाई जमिनमा राखेर व्यवस्थापन गरिएको थियो। काठमाडौंमा पनि शवको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिन थालेको हो।

ADVERTISEMENT

शव व्यवस्थापनका लागि काठमाडौंमा छलफल सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा चिकित्सकहरूसँग परामर्श गरेर शव व्यवस्थापनको उपयुक्त विकल्पबारे छलफल भइरहेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनका विषयमा केन्द्रित रहेको प्रशासनले जनाएको छ।

चितवनमा अपनाइएको जस्तै शवलाई जमिनमुनि सुरक्षित रूपमा राखेर व्यवस्थापन गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ। यद्यपि, यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।

बाढीपछि विभिन्न जिल्लाबाट फेला परेका शव काठमाडौं ल्याउने क्रम जारी रहेकाले आगामी दिनमा शव व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने प्रशासनको आकलन छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १३:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !