उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ

उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १३:२०
उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ

उदयपुर : उदयपुरमा प्रहरीले १९९ किलो गाँजासहित एक टिपर चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट गाँजासहित टिपर चालकलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।

गाँजा बरामद भएपछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्दै आएका करिब २१ वर्षीय सोम मगर रहेका छन्।

प्रहरीका अनुसार बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १३:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !