तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ

तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १५:१५
तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ

सप्तरी : सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

सप्तरीका डीआईजी ओम अधिकारीले घटनामा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनका अनुसार ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको हो।

ADVERTISEMENT

सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार मृत अवस्थामा फेला परेकी थिइन्।

परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म सानिया घरमै थिइन्। त्यसपछि उनी एकाएक बेपत्ता भएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजीका क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा सानियाको शव फेला परेको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। बालिकाको मृत्युको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १५:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !