रास्वपाले विस्तार गर्‍यो सचिवालय, शिशिर खनालदेखि मनिष झासम्म समेटिए

रास्वपाले विस्तार गर्‍यो सचिवालय, शिशिर खनालदेखि मनिष झासम्म समेटिए
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १५:२८
रास्वपाले विस्तार गर्‍यो सचिवालय, शिशिर खनालदेखि मनिष झासम्म समेटिए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो।

विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई समेटिएको छ।

ADVERTISEMENT

त्यस्तै, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झालाई पनि सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ।

पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ। विस्तारित सचिवालयले पार्टीका नियमित सांगठनिक तथा राजनीतिक गतिविधिमा समन्वय गर्नेछ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १५:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !