रास्वपामा प्रवेश गर्दै जनमतका पूर्व विद्यार्थी नेता मण्डल

मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १२:२९
रास्वपामा प्रवेश गर्दै जनमतका पूर्व विद्यार्थी नेता मण्डल

जनकपुरधाम : विद्यार्थी जनमत संघ धनुषाका पूर्व अध्यक्ष धिरजकुमार मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।

मण्डलले शुक्रबार धनुषाको बिदेह नगरपालिका–६, तिनकौरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्ने तयारी गरेका हुन्।

ADVERTISEMENT

मण्डल गत स्थानीय तह निर्वाचनमा बिदेह नगरपालिका–६ बाट जनमत पार्टीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए। निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भएका थिए।

जनमत पार्टीमा सक्रिय रहँदा मण्डलले बिदेह नगरपालिकाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा जनमत पार्टीको गतिविधि विस्तार गर्न उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

युवा पुस्तामाझ प्रभाव राख्ने मण्डल रास्वपामा प्रवेश गरेसँगै बिदेह नगरपालिका तथा धनुषामा पार्टीको संगठन थप मजबुत हुने अपेक्षा गरिएको छ।

मण्डलको रास्वपा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दल तथा संगठनमा सक्रिय रहेका युवा नेताहरू रास्वपातर्फ आकर्षित भइरहेका बेला मण्डलको प्रवेशलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।रास्वपामा प्रवेश गर्दै जनमतका पूर्व विद्यार्थी नेता मण्डल

जनकपुरधाम । विद्यार्थी जनमत संघ धनुषाका पूर्व अध्यक्ष धिरजकुमार मण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।

मण्डलले शुक्रबार धनुषाको बिदेह नगरपालिका–६, तिनकौरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्ने तयारी गरेका हुन्।

मण्डल गत स्थानीय तह निर्वाचनमा बिदेह नगरपालिका–६ बाट जनमत पार्टीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए। निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भएका थिए।

जनमत पार्टीमा सक्रिय रहँदा मण्डलले बिदेह नगरपालिकाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा जनमत पार्टीको गतिविधि विस्तार गर्न उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

युवा पुस्तामाझ प्रभाव राख्ने मण्डल रास्वपामा प्रवेश गरेसँगै बिदेह नगरपालिका तथा धनुषामा पार्टीको संगठन थप मजबुत हुने अपेक्षा गरिएको छ।

मण्डलको रास्वपा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दल तथा संगठनमा सक्रिय रहेका युवा नेताहरू रास्वपातर्फ आकर्षित भइरहेका बेला मण्डलको प्रवेशलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !