राप्रपाले उद्धव थापालाई पार्टी सदस्यबाटै गर्‍यो निष्कासन

राप्रपाले उद्धव थापालाई पार्टी सदस्यबाटै गर्‍यो निष्कासन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १५:५९
राप्रपाले उद्धव थापालाई पार्टी सदस्यबाटै गर्‍यो निष्कासन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका छन्।

ADVERTISEMENT

थापाले एमाले र नेपाल कम्युनिस्ट पार्टीको गठबन्धनबाट बन्न लागेको बागमती प्रदेश सरकारलाई समर्थन गरेका थिए। राप्रपाले उक्त समर्थन अस्वीकार गर्दै फिर्ता लिन निर्देशन दिए पनि थापाले नमानेपछि कारबाही गरिएको अध्यक्ष लिङ्देनले बताएका छन्।

‘उद्धव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ अध्यक्ष लिङ्देनले भने।

लिङ्देनका अनुसार थापालाई संसदीय दलको नेताबाट समेत हटाइएको छ। उनले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने वा समर्थन गर्ने अन्य नेता तथा प्रदेशसभा सदस्यलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १५:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !