अमरेश सिंहको प्रश्न– ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?’

अमरेश सिंहको प्रश्न– ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?’
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १२:२६
अमरेश सिंहको प्रश्न– ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक आयोग भएकाले यसको स्वतन्त्रता र गरिमामाथि ध्यान दिनुपर्ने बताए।

ADVERTISEMENT

उनले प्रश्न गरे, ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग?’

अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको विषयलाई पनि सिंहले उचित नभएको टिप्पणी गरे। उनका अनुसार सरकारमाथि निगरानी राख्ने र शक्ति सन्तुलन कायम गर्ने संवैधानिक निकायका पदाधिकारी प्रधानमन्त्री कार्यालयमा गएर बस्नुले आयोगको स्वतन्त्रतामाथि प्रश्न उठ्न सक्छ।

गत असारको पहिलो साता अख्तियारका पदाधिकारीसहितको टोली प्रधानमन्त्री कार्यालय पुगेको थियो। त्यस क्रममा प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले आयोगका पदाधिकारीलाई घन्टौँसम्म राखेर सोधपुछ गरेको भन्ने विषयमा समेत प्रश्न उठेको थियो।

यही घटनाको सन्दर्भ जोड्दै सिंहले अख्तियारको संवैधानिक हैसियत र स्वतन्त्रतामाथि सरकार तथा आयोग दुवै गम्भीर हुनुपर्ने बताएका हुन्।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १२:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !