गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १९:०७
गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापाको नेतृत्वमा १५औं महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

सभापति थापाको नेतृत्वमा रहेको व्यवस्थापन समितिमा आवश्यक सदस्य रहने जनाइएको छ। यससँगै महाविधेशनका लागि गठिन मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्ने प्रवक्ता देवराज चालिसेले जनाएका छन्। उपसमितिका संयोजक र सदस्यहरूको नामावली पछि प्रकाशित गरिने भएको छ।

ADVERTISEMENT

त्यस्तै, महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले पेश गर्ने निर्णय भएको छ। जसमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्त्व दिइने जनाइएको छ।

यससँगै ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेश गर्ने तय भएको छ। त्यस्तै प्रदेश निर्वाचन विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेश गर्ने भएकी छन्।

यसैगरी संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेश गर्न तय गरिएको छ। कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन प्रचार प्रसार समिति प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरेको छ।

त्यस्तै, काग्रेसको विधानलाई समय सापेक्ष बनाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने निर्णय गरेको छ। समितिले कांग्रेसका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव लिने र त्यसका आधारमा विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमिति समक्ष पेश गर्ने जनाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १९:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !