अर्जेन्टिनालाई हराउँदै स्पेन १६ वर्षपछि विश्वविजेता

अर्जेन्टिनालाई हराउँदै स्पेन १६ वर्षपछि विश्वविजेता
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार ०३:५८
अर्जेन्टिनालाई हराउँदै स्पेन १६ वर्षपछि विश्वविजेता

जनकपुरधाम : स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ। अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सम्पन्न फाइनल खेलमा अतिरिक्त समयमा गरिएको एकमात्र गोलले स्पेनलाई १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो।

ADVERTISEMENT

खेलको निर्धारित समय सकिनुअघि अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडेका थिए। त्यसपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनामाथि स्पेनले दबाब बढाउँदै अतिरिक्त समयमा गोल गर्न सफल भएको हो।

यस जितसँगै स्पेनले १६ वर्षपछि पुनः विश्वकपको उपाधि उचाल्न सफल भएको छ भने अर्जेन्टिना उपविजेतामै सीमित रह्यो।

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०३:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !