अवकाशप्राप्त कर्मचारीलाई नयाँ करारमा नराख्न सरकारको निर्देशन

अवकाशप्राप्त कर्मचारीलाई नयाँ करारमा नराख्न सरकारको निर्देशन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १, शुक्रबार १४:३१
अवकाशप्राप्त कर्मचारीलाई नयाँ करारमा नराख्न सरकारको निर्देशन

काठमाडाैं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार गरेको छ ।

मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा अन्य निकायलाई पत्राचार गर्दै अवकाशप्राप्त व्यक्तिलाई नयाँ करारमा नराख्न भनेको हो।

ADVERTISEMENT

हाल करारमा कार्यरत कर्मचारीको हकमा भने अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौताको निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार नयाँ स्थापना भएका निकायमा सिर्जना हुने दरबन्दी वा रिक्त दरबन्दीमा करार कर्मचारी आवश्यक परेमा नयाँ व्यक्ति नियुक्त नगरी विभिन्न निकायमा ‘पूल’ मा रहेका करार कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी करार सम्झौता गरेर काममा लगाउनुपर्नेछ।

यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेज हुने निकायमा आवश्यक न्यूनतम जनशक्ति सम्बन्धित मन्त्रालयले निर्धारण गरी हाल सोही निकायमा करारमा कार्यरत कर्मचारीमध्येबाटै काममा लगाउन पनि निर्देशन दिइएको छ।

करारमा कार्यरत कर्मचारीको तलब–भत्ता सम्बन्धित सम्पर्क मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १४:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !