जनकपुरमा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटनको अवसरमा १० दिन विशेष छुट

जनकपुरमा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटनको अवसरमा १० दिन विशेष छुट
राघव मण्डल राघव मण्डल २०८३ श्रावण १, शुक्रबार १५:४४
जनकपुरमा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा, उद्घाटनको अवसरमा १० दिन विशेष छुट

जनकपुरधाम : जनकपुरधामको कदम चोकस्थित नीलम सिनेमा हलको दक्षिणपट्टीमा ‘प्रिया फार्मेसी एण्ड स्किन केयर सेन्टर’ सञ्चालनमा आएको छ। करिब १० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त सेन्टरको आज उद्घाटन गरिएको हो।

समाजसेवी सूर्यदेव गोढान यादवले रिबन काटेर सेन्टरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा चिकित्सक डा. रञ्जन यादवसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

सेन्टरकी सञ्चालक प्रिया यादवले छालासम्बन्धी रोगको गुणस्तरीय उपचार तथा आवश्यक औषधि सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको बताइन्। आधुनिक र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीय बासिन्दालाई सहज पहुँच उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ।

उद्घाटनको अवसरमा श्रावण १ गतेदेखि १० गतेसम्म ओपिडी सेवा तथा अन्य स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको सञ्चालक यादवले जानकारी दिइन्। यस अवधिमा सेवाग्राहीले सहुलियत शुल्कमा सेवा लिन सक्नेछन्।

सेन्टर हरेक दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १५:४४
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेक्स संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !