पूर्वमुख्यमन्त्री सिंहले आफ्नै कार्यकालका विकास आयोजनाको स्थलगत निरीक्षण गरे

पूर्वमुख्यमन्त्री सिंहले आफ्नै कार्यकालका विकास आयोजनाको स्थलगत निरीक्षण गरे
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १, शुक्रबार १४:५३
पूर्वमुख्यमन्त्री सिंहले आफ्नै कार्यकालका विकास आयोजनाको स्थलगत निरीक्षण गरे

राजविराज : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरामा आफ्नो कार्यकालमा सञ्चालन गरिएका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा उनले गणेश मन्दिर रामटोलमा निर्माण गरिएको सडक ढलान, मण्डल टोलको नाला तथा सडक ढलान, मुखिया टोलको नाला तथा सडक ढलान र कमला मन्दिर निर्माणलगायतका योजनाको अवलोकन गरेका हुन्।

ADVERTISEMENT

स्थलगत निरीक्षणका क्रममा सिंहले आयोजनाको वर्तमान अवस्था, निर्माणको गुणस्तर तथा स्थानीयवासीले पाएको सुविधाबारे जानकारी लिएका थिए। उनले विकास योजनाको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन उपयोगितामा समेत जोड दिएका थिए।

प्रकाशित मिति: २०८३ श्रावण १, शुक्रबार १४:५३
मधेश पत्र

मधेश पत्र

लेखक

तपाईको प्रतिक्रिया !