मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति, रुलिङको माग

मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति, रुलिङको माग
मधेशपत्र मधेशपत्र २०८३ असार ४, बिहीबार १३:२०
मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा राख्नु सबैको जिम्मेवारी भएकोमा सरकारका मन्त्रीहरुले संसदको मर्यादामाथि उल्लंघन गरेको भन्दै रुलिङको माग गरेका हुन् ।

ADVERTISEMENT

सांसदहरुले धारणा राख्दै गर्दै मन्त्रीहरु अगाडिबाट हिड्ने काम प्रतिनिधिसभा नियमावली बिपरित रहेको उनको भनाइ छ ।

उनले सरकार अझै बढी जिम्मेवार भएर प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: २०८३ असार ४, बिहीबार १३:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !