जनमतले बनायो पार्टी एकता गर्न कार्यदल

जनमतले बनायो पार्टी एकता गर्न कार्यदल
मधेश पत्र मधेश पत्र २०८३ असार १, सोमबार १८:३३
जनमतले बनायो पार्टी एकता गर्न कार्यदल

जनकपुरधाम : जनमत पार्टीले पार्टी एकता गर्न कार्यदल बनाएको छ । सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सदस्य वार्ता कार्यदल बनाएकाे हो ।

कार्यदललाई राजनीतिक सिद्धान्त मिल्ने दलसँग एकता र मोर्चाबन्दीका लागि प्रकि्रया अगाडि बढाउन निर्देशन दिइएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

ADVERTISEMENT

विज्ञप्तिअनुसार गठित कार्यदलको संयोजकमा नरेन्द्र प्रसाद चौधरी, सदस्यमा डा. जयकान्त राउत र प्रमोद प्रसाद गुप्ता रहेका छन्। कार्यदललाई राजनीतिक रूपमा समान धारणा राख्ने दलहरूसँग संवाद, छलफल र आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ।

जनमत पार्टीले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताको वातावरण निर्माण गर्ने रणनीति अघि बढाइरहेको छ। सोही रणनीतिअनुसार वार्ता कार्यदल गठन गरिएको छ।

यस्तै, जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) सहितका दलहरूसँग मिलेर ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापना गर्ने पहल गर्ने निर्णयसमेत गरेको छ। उक्त मोर्चामार्फत वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा नयाँ ध्रुव निर्माण गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: २०८३ असार १, सोमबार १८:३३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !