मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख
मधेशपत्र मधेशपत्र २०८३ असार १, सोमबार १५:४७
मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

जनकपुरधाम ः मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले सो बजेट प्रस्तुत गरेका हुन् ।

भट्टराईले कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् ३५.५४ प्रतिशत र पुँजीगत तर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् ६४.३६ प्रतिशत रहेको बताए ।

ADVERTISEMENT

प्रदेशको आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड, संघीय सरकारबाट वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रहेको उनले बताए । उनले नपुग हुने १ अर्ब ५० करोड आन्तरिक ऋणबाट पूर्ति गर्ने पनि बताए ।

साथै, मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानीकरण, समपूरक र विशेष अनुदानमार्फत १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान रहेको छ ।

प्रकाशित मिति: २०८३ असार १, सोमबार १५:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !