सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ३१, बिहीबार १५:०९
सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उनलाई शपथ गराएका हुन् ।

ADVERTISEMENT

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।

प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार १५:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !