कमला कांग्रेस नगर अधिवेशनको निर्वाचन स्थगित

कमला कांग्रेस नगर अधिवेशनको निर्वाचन स्थगित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ११, आईतवार ९:०३
कमला कांग्रेस नगर अधिवेशनको निर्वाचन स्थगित

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशनमा आइतबार बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन स्थगित भएको छ।

निर्वाचनका लागि आवश्यक मतदाता नामावली उपलब्ध नभएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको नगर सचिव त्रिभुवन यादवले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार मतदाता नामावली प्राप्त नभएसम्म निर्वाचन प्रक्रिया अघि बढाउन सम्भव नभएकाले हाललाई निर्वाचन स्थगित गरिएको हो। निर्वाचनको नयाँ मिति र प्रक्रियाबारे पछि सूचना जारी गरिने उनले बताए।

नगर अधिवेशनअन्तर्गत निर्वाचनका लागि आवश्यक तयारी पूरा भए पनि मतदाता नामावली प्राप्त हुन नसकेपछि निर्वाचन रोक्नुपरेको कांग्रेस कमला नगरपालिकाले जनाएको छ।

नगर सचिव यादवले अर्को सूचना जारी नभएसम्म निर्वाचन प्रक्रिया स्थगित रहने जानकारी दिँदै सम्बन्धित प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई सोहीअनुसार जानकारी गराएका छन्।

यसैबीच, कमला नगर क्षेत्रमा आइतबार बिहानदेखि लगातार वर्षा भइरहेकाले निर्वाचन प्रक्रियामा थप प्रभाव परेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ११, आईतवार ९:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !