मौसमका कारण सर्‍यो जनमत पार्टीको महाधिवेशन

मौसमका कारण सर्‍यो जनमत पार्टीको महाधिवेशन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ८, बिहीबार १३:२४
मौसमका कारण सर्‍यो जनमत पार्टीको महाधिवेशन

जनकपुरधाम : मौसम प्रतिकूलताका कारण जनमत पार्टीको महाधिवेशनको मिति सरेको छ।

पर्साको वीरगञ्जमा असोज ८ देखि १२ गतेसम्म हुने तय भएको पार्टीको महाधिवेशन अब असोज १७ गतेसम्मका लागि सारिएको पार्टीका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार मौसम प्रतिकूल भएका कारण महाधिवेशनको मिति सारिएको हो।

महाधिवेशनका लागि यसअघि पूरा भएका अन्य सबै प्रक्रिया भने यथावत रहने पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !