इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २५, बिहीबार १६:३५
इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं : सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो।

ADVERTISEMENT

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको हो।

मन्त्री बन्ने तयारी भएपछि साह आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ। उनलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शाहले आवश्यक छलफल अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १६:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !