रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग

रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार २०:३९
रसुवाका बाढी प्रभावितलाई गल्फ समाज सेवा संस्था कतारको ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग

जनकपुरधाम : रसुवाको बाढी प्रभावित क्षेत्रमा गल्फ समाज सेवा संस्था कतारले ४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

आइतबार समाजले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्रमा बाढी प्रभावित परिवारका लागि दाल, चामल, नुन, तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको हो।

ADVERTISEMENT

गल्फ समाज सेवा संस्थाका अध्यक्ष जमशेद राइनले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको जानकारी दिए।

बाढीका कारण दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका प्रभावित परिवारलाई सहयोग पुग्ने विश्वास समाजले लिएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला विभिन्न संघसंस्था तथा विदेशमा रहेका नेपालीले सहयोग गर्दै आएका छन्।

यसै क्रममा गल्फ समाज सेवा संस्था कतारले पनि मानवीय सहयोगअन्तर्गत ४ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सामग्री उपलब्ध गराएको अध्यक्ष राइनले बताए।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार २०:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !