चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ६, शनिबार १८:५४
चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जनकपुरधाम  : चितवनको खैरहनी नगरपालिका-१, तरकारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएके छ।

शनिबार दिउँसो नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-०१५ प ३३८५ नम्बरको मोटरसाइकल तरकारी चोकमा ठोक्किएका थिए।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक करिब ३० वर्षीय युवक र पछाडि सवार करिब २५ वर्षीया युवती गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज भर्ना गरिएको थियो।

दुवै जनाको उपचारका क्रममा शनिबार अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। मृतकको परिचय खुलेको छैन।

बस चालक सर्लाहीको हरिवन नगरपालिका-८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १८:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !