देउवाको अपिल : राजनीतिक पूर्वाग्रह साँधेर अघि बढे मुलुकको हित हुँदैन?

देउवाको अपिल : राजनीतिक पूर्वाग्रह साँधेर अघि बढे मुलुकको हित हुँदैन?
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार १४:०२
देउवाको अपिल : राजनीतिक पूर्वाग्रह साँधेर अघि बढे मुलुकको हित हुँदैन?

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मत र परिवर्तनको आकांक्षालाई सम्मान गर्नुपर्ने बताएका छन्।

सिंगापुरमा उपचार गराएर बुधबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तनको प्रक्रिया सहज नहुने बताएका हुन्। उनले परिवर्तनका क्रममा धैर्य, साहस र दृढताको आवश्यकता पर्ने उल्लेख गरेका छन्।

ADVERTISEMENT

देउवाले जनतामा देखिएको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका छन्। सरकार आफ्नो दायित्वबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे त्यसले सत्तारुढ दलसँगै मुलुकलाई समेत हित नगर्ने उनको भनाइ छ।

‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन,’ देउवाले भनेका छन्, ‘त्यसैले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्छ।’

ताजा जनमतबाट आएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्नुपर्ने भन्दै देउवाले लोकतन्त्रमा जनता नै जनार्दन भएको बताएका छन्।

उनले परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न आफूहरू तयार रहेको पनि स्पष्ट पारेका छन्। विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्धाधुन्ध रूपमा अघि नबढ्ने बताएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १४:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !