कांग्रेसको आत्मा नमर्ने गरी एकताबद्ध बनाउँछौँ: गगन थापा

कांग्रेसको आत्मा नमर्ने गरी एकताबद्ध बनाउँछौँ: गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २३, शनिबार १२:२४
कांग्रेसको आत्मा नमर्ने गरी एकताबद्ध बनाउँछौँ: गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् ।

सर्बोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला थापाले आत्मा मारेर एकता नहुने बताए ।

ADVERTISEMENT

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको बिचार र आत्मा नमारीकन एकताबद्ध बनाउने बताए ।

उनले त्यसका लागि आजै पदाधिकारी बैठक बस्ने र भोलिबाट चल्ने केन्द्रीय कार्य समिति बैठकले आवश्यक निर्णय गर्ने प्रष्ट पारे ।

थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दो छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरे ।

प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार १२:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !