किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण दिइने

किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण दिइने
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २८, सोमबार १८:०८
किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्डमार्फत सहुलियतपूर्ण ऋण दिइने

काठमाडौं : सरकारले विषादीको प्रयोग न्यूनीकरणका लागि प्रदेशसँग समन्वय गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले कृषिमा आधुनिक क्रान्ति र सहुलियतमा बिउबिजन र ऋण उपलब्ध गराइने समेत जानकारी गराए ।

ADVERTISEMENT

उनले कृषियोग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै वैज्ञानिक तरिकाबाट बाँझो जमिनलाई उपयोग गर्न महिला भूमिहीन तथा साना मझौला किसानको पहिचान सुनिश्चित गरी अगाडि बढाउने बताए ।

उनले किसान सूचीकरण परिचयपत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण ऋण र प्रविधिमा पहुँच विस्तार गरिने बताए ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार १८:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !