२ मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

२ मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, २ घाइते
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २४, बिहीबार १२:०४
२ मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु, २ घाइते

कञ्चनपुर : कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शुक्लाफाटा नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा म.२ प ५०५५ नम्बरको मोटरसाइकल र से.६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।

ADVERTISEMENT

दुर्घटनामा से.६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारको क्रममा बुधबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय मंगल महरा र म‍.२ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका-८ पारीफाटाका ४२ वर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन्।

उनीहरूको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख २४, बिहीबार १२:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !