सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो

सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो
राधेश्याम राउत राधेश्याम राउत २०८२ माघ १२, सोमबार १२:०३
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो

काठमाडौं : लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ ।

सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो ।

ADVERTISEMENT

५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ माघ १२, सोमबार १२:०३
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !