मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?
मधेशपत्र मधेशपत्र २०८२ माघ २०, मंगलवार १२:२९
मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं : आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाता परिचयपत्र नभएका मतदाताहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मतदाताको सहजताका लागि परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको हो ।

धेरै मतदाताहरूबाट ‘परिचयपत्र हराए वा नष्ट भए के गर्ने?’ भन्ने जिज्ञासा आएपछि आयोगले वैकल्पिक व्यवस्थाको घोषणा गरेको छ । आयोगका अनुसार, यदि मतदाता नामावलीमा तपाईंको नाम छ भने मतदाता परिचयपत्र नभए पनि फरक पर्दैन । परिचयपत्रको सट्टामा नेपाल सरकारले जारी गरेका अन्य आधिकारिक कागजातहरू देखाएर मतदान गर्न सकिनेछ ।

ADVERTISEMENT

आयोगले तोकेका वैकल्पिक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा जग्गाधनी प्रमाण पुर्जा रहेका छन् ।

यी ५ कागजातमध्ये कुनै एकको सक्कल प्रति लिएर मतदान केन्द्रमा गएमा मताधिकार प्रयोग गर्न पाइनेछ । यद्यपि, आयोगले यो सुविधाका लागि सम्बन्धित व्यक्तिको नाम मतदाता नामावलीमा हुनुपर्ने शर्त भने अनिवार्य गरेको छ ।

प्रकाशित मिति: २०८२ माघ २०, मंगलवार १२:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !