वीरगन्जमाथिको विभेद अन्त्यका लागि संघर्ष जारी राख्छु: ओमप्रकाश सरार्फ

वीरगन्जमाथिको विभेद अन्त्यका लागि संघर्ष जारी राख्छु: ओमप्रकाश सरार्फ
मधेश पत्र मधेश पत्र २०८२ माघ १९, सोमबार १९:२७
वीरगन्जमाथिको विभेद अन्त्यका लागि संघर्ष जारी राख्छु: ओमप्रकाश सरार्फ

वीरगन्ज : पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–२० स्थित अपौनि र हारपतगन्जमा मतदाता भेटघाट, घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सरार्फले नेपाली कांग्रेस, एमाले लगायतका ठूला दलहरूमाथि गम्भीर आरोप लगाउँदै भने– “यी दलहरूले योजनाबद्ध रूपमा वीरगन्जलाई विकासबाट वञ्चित गरिरहेका छन्। वीरगन्जलाई केवल राजस्व उठाउने केन्द्रका रूपमा प्रयोग गरियो, तर यहाँको वास्तविक विकासतर्फ कहिल्यै ध्यान दिइएन।”

ADVERTISEMENT

उनले मधेस आन्दोलन तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या भएको घटनालाई स्मरण गर्दै ती घटनामा ठूला दलहरूको भूमिका सधैं शंकास्पद रहेको बताए। वीरगन्ज र समग्र पर्साका जनतामाथि हुँदै आएको अन्याय र विभेद अन्त्य गर्न आफू सशक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरार्फले देश र मधेसको सही निकास जनमत पार्टी र डा. सीके राउतको नेतृत्वबाट मात्रै सम्भव रहेको दाबी गर्दै सबैलाई “हर्न छाप” मा मतदान गर्न आग्रह गरे।

कार्यक्रममा बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, बबिता पुडासैनि, नरेश राम, सत्युग साह लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ माघ १९, सोमबार १९:२७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !